२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कैलालीमा सोमबार दिउसो सम्म थप ६ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा प्रत्येक दिन कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । सोमबार दिउसो सम्म ६ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी २ का ४३ वर्षीय पुरुष, धनगढी ५ कि ६० बर्षिया महिलाको कोरोना संक्रमबाट मृत्यु भएको छ । त्यस्तै सोमबार नै कञ्चनपुर भिमदत्त नगरपालिका ७ का ६३ वर्षीय पुरुष, गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

लम्की चुहा नगरपालिका १० की ३५ बर्षिया महिला, लम्की चुहा नगरपालिका १ का ३८ वर्षीय पुरुषको पनि सङ्क्रमणबाट ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार ४ जना संक्रमितको सेती प्रादेशिक अस्पतालमा र २ जनाको निजी अस्पतालमा मृत्यु भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।