२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

सेतीको परीक्षणमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,२० बैशाख । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४४८ नमूना जाँच गर्दा १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ५४ जना, धनगढी बाहेक कैलालीका ६९ जना र अन्य जिल्लाका ५ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा ५५ जना बिरामीको उपचार भइरहेको छ ।

जसमध्ये ३ जनालाई भेन्टिलेटर १४ जनालाई आइसीयु राखिएको छ । ३३ जनालाई अक्सिजन दिइएको छ । ५ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ । यस्तै अस्पतालमा सोमबार पाँच जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।