२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ७५० सवारी साधन ‘होल्ड’, ३८ सवारी साधन कारवाहीमा

धनगढी । कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ७५० सवारी साधनलाई लाई ‘होल्ड’ गरिएको छ । कोरोना संक्रमण न्युनिकरण गर्न जारी गरिएको निषेधाज्ञाको पहिलो दिन जिल्लाभर ठुला तथा साना ७५० सवारी साधनलाई होल्ड गरिएको हो । भने ३८ वटा सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको संयुक्त टोलीले निगरानी तथा कारवाही कडा पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

उनले निषेधाज्ञा उल्लंघन गर्ने ७५० सवारी साधनलाई लाई होल्ड गरी सम्झाई बुझाई गरिएको र ३८ वटा सवारी साधनलाई कारवाही गरिएको बताए । कारवाही गरिएका सवारी साधनबाट करिब २३ हजार ५ सय राजस्व संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले कैलाली र धनगढी आसपासका क्षेत्रमा कडाइ गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।