२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

कसरी बन्याे त रंगिन पार्क डडेल्धुरा : युवाकाे राेजाई बन्दै

दिपकराज भट्ट (डडेल्धुरा) -सुन्दर डडेल्धुराकाे सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले एक पछि अर्काे गर्दै पुर्वाधार विकासलाई जाेड दिईरहेकाे छ। शिक्षा स्वास्थ्य कृषि पर्यटन र पुर्वाधार अमरगढी समार्ट सिटि निर्माणकाे आधार भन्ने नाराका साथ समृद्विकाे यात्रा तय गरेकाे नगरपालिकाले गरेकाे कामकाे यति वेला निकै चर्चा भईरहेकाे छ।

स्पस्ट मार्गचित्रका साथ ५ वर्षे, १० वर्षे र बीस वर्षे दिर्घकालिन विकासकाे स्पस्ट मार्गचित्र सहित अगाडि वढेकाे अमरगढी नगरपालिकाले गरिरहेका हरेक विकासका कामहरु लाेभलाग्दा छन। यसै मध्येकाे अमरगढी नगरपालिका वार्ड नं २ मा रहेकाे पातिहाल्ला सामुदायिक वनमा निर्माण भईरहेकाे अमरगढी पार्ककाे पुर्वाधार विकास लाेभ लाग्दाे ढंगले अगाडि वढिरहेकाे छ। केही समय पहिला सम्म काडेझाडि र फाेहरकाे डंगुर जस्तै रहेकाे पार्क अहिले निर्माण भईरहेकाे फुटपाथ, गाेलघर, विश्राम चाैतारि, कम्पाउण्डवाल, चाैकिदार क्वाटर आदि ले निकै सुन्दर र मनै लाेभ्याउने स्थलका रुपमा विकास भईरहेकाे देखिन्छ।दिन हु विभिन्न ठाउँ वाट घुम्न आउनेकाे भिड भाड देखिन्छ, निर्माणले गति लिए संगै साैन्दर्यता पनि वढ्दै गईरहेकाे छ।

यस वर्षकाे वर्षायाममा विभिन्न प्रजातिका फुलहरु राेपेर अझै सजाउने याेजना रहेकाे अमरगढी नगरपालिका का प्रमुख विश्वेश्वरप्रसाद ओझाकाे तयारि रहेकाे छ। यस संगै यसकाे महत्व अझै झल्किने नगर प्रमुख ओझाले बताउनु भयाे।
अमरगढीमा नगर प्रमुख निर्वाचित भए देखि समग्र नगर क्षेत्रमा उहाँले गरेकाे विकासकाे प्रयास निकै प्रसंसनिय रहेकाे नगरका जनताहरु वताउछन। नगरप्रमख ओझाले अमरगढीलाई स्मार्ट सिटि बनाउछु भन्दा मजाक जस्ताे लागेर गिज्याउने हरु लाई याे कार्यले महसुस गराएकाे छ।

पार्क जानका लागि डडेल्धुरा बस्पार्क बाट तराई जाने बाेटामा चालिसकाे माेड भएर भित्र जानू पर्छ भने बसपार्क बाट जादा अदालत राेड भएर दस मिनेटमा हिडेर सहजै पुग्न सकिन्छ । पार्कमा फाेटाे खिच्नका लागि फुलहरु रहेका छन् भने त्यहा बाट घटाल क्षेत्रकाे दृश्य देखिन्छ र जंगल मुख्य सेल्फि पाेईन्ट हाे । पार्कमा मनाेरञ्जनका लागि गाेलघर,पैदलमार्ग , फुलबारि रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।