धनगढी,१५ बैशाख । कैलाली र कञ्चनपुरमा निषेधाज्ञाको अवधिमा पनि तीन घण्टा बैंक सञ्चालन हुने भएका छन् । नेपाल बैंकर्स संघ सुदूरपश्चिम इकाइले बिहान १० बजेदेखि दिउसो १ बजेसम्म बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।



इकाईका अध्यक्ष बिरुराम जैशीले आज बसेको इकाईको बैठकले उक्त निर्णय गरेको जानकारी दिए। कैलाली कञ्चनपुरका प्रशासनले कोरोनाको महामारीलाई मध्यनजर गर्दै बैशाख १६ गते अर्थात भोलिबाट बैशाख २२ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।
Views: 405

























