कपिल देब भट्ट/दार्चुला: त्रिदेशिय सिमानाका रहेको दार्चुला जिल्ला कोरोना महामारीको उच्च जोखिममा रहेको छ।दार्चुलामा हालसम्म ६ जना संक्रमीत भएका छन।पछिल्लो समय जिल्ला प्रशासन कार्यालय दार्चुलाले समेत सिमानाकामा कडाइ गरेको छ।



कोरोना महामारीको संक्रमण बढन थालेपछी आज नेकपा एमाले महाकाली नगरपालिका कमिटी र राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको सयुक्त आयोजनामा कोभिड 19 सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ।सडकमा भेटिएका नागरिकले मास्क नलगाएको भए मास्क बितरण गर्दै जनचेतनामुलक सन्देश फैलाएको थियो।
उक्त जनचेतना मुलक कार्यक्रममा नेकपा एमालेका नर सिह चैसिर, लोकेन्द्र सिह सामन्त लगायतका नेकपा एमालेका नेता कार्यकर्ताहरु सहभागी भएका थिए।
Views: 407

























