जय ऎर \ कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐरले शिक्षा र स्वास्थ्य लाई पहिलाे प्राथमिकता राखेर अगाडि वढ्नसके मात्रै शुखि नागरिक समृद्ध नगरकाे परिकल्पना गर्न सकिन्छ।काेभिड१९काे संक्रमणको भयावह अवस्थाले पनि शिक्षा र स्वास्थ्य क्षेत्रकाे विकास अत्यन्त जरूरि रहेकाे प्रत्यक्ष देखाएकाे उनले वताए।उहाले जवसम्म नगरका ग्रामीण वस्तिसम्म शिक्षा र स्वास्थ्यकाे पहुच पुग्न सक्दैन तवसम्म हामी समृद्धिकाे यात्रामा लम्कन सक्दैनौं भन्दै नगर प्रमुख ऐरले शुक्लाफाँटाका ग्रामीण वस्तिसम्म शिक्षा र स्वास्थ्यकाे विकासमा स्थानिय सरकारले पहिलाे प्राथमिकतामा राखि अगाडि वढिरहेकाे छ।शुक्लाफाँटा नगरवालिका वडानं१२ वसन्तपुरमा रहेकाे सिद्वनाथ आधारभुत विधालय काे ३काेठे भवन शाैचालय शिलान्यास गर्दै नगर प्रमुख दिल वहादुर ऐरले उक्त कुरा वताउनु भएकाे हाे।



उहाँले शुक्लाफाँटा नगरपालिकाकै अति दुर्गम ग्रामीण वस्तिमा रहेकाे विधालयकाे भवन शिलान्यास हुनु शुखद रहेकाे वताउदै भाैतिक संरचनाको निर्माणले पनि सवै विद्यार्थीको शिक्षामा पहुच पुग्नेछ भने पठनपाठनमा सहजता हुनेमा आशावादी रहेकाे वताए।विधालय भवन शिलान्यास कार्यक्रम का प्रमुख अतिथि समेत रहेका नगर प्रमुख ऐरले ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यकाे पहुचमा कठिनाई अवस्य रहेपनि स्थानिय सरकारकाे क्षमताले सम्भव भएसम्म शिक्षा स्वास्थ्य लाई पहिलाे प्राथमिकता राखेर अगाडि वढिरहेकाे नगर प्रमुख ऐरले दावि गरे।उनले नगरभित्र रहेका सामुदायिक र संस्थागत विधालयलाई समान व्यवहार गर्ने नगरपालिकाकाे नीति रहेकाे भन्दै गुणस्तरीय शिक्षा नै हाम्रो चाहना रहेकाे जिकिर गरे ।
नगर प्रमुख ऐरले भने अधिल्लाे बर्ष काेराेनाे भाईरसकाे संक्रमणले नागरिककाे स्वास्थ्यमा ठुलाे असर परेकाे महसुस गर्दै यश बर्स नगरपालिकाका १२वटै वडामा आधारभुत स्वास्थ्यका ईकाई संचालनमा रहेका छन्।काेराेना संक्रमणले नगरमा भयावह लिन सक्छ भन्दै नगरमा रहेकाे पिपलाडि काेभिड अस्पतालमा प्रयाप्त औषधि,स्वास्थ्य सामाग्री,अक्सिजन चाैविसै धण्टा एम्बुलेन्स सेवा संगै स्वास्थ्यकर्मीकाे प्रवन्ध गरिएकाे नगर प्रमुख ऐरले जनाएका हुन्।सिद्वनाथ आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष भान वहादुर कार्कीकाे अध्यक्षतामा सम्पन विधालय भवनकाे शिलान्यास कार्यक्रममा शुनपा वडानं१२ का वडा अध्यक्ष वाले राना,वडा सदस्यहरू,बिधालयका प्र.अ.रमा पंन्त,विल्डन नेपालका प्रतिनिधि कमल राना,करविर विक,विधालय भवन निर्माण समितिका अध्यक्ष केशवराज पाण्डेयले लगायतकाे उपस्थिति रहेकाे शिक्षक कण भण्डारीले वताए।
तिनकाेठे विधालय भवन संगै शाैचालय निर्माणकाे कार्य १सय ६दिन भित्र सम्पन्न गर्ने गरि कार्य अगाडि वढ्नेछ।स्थानिय समुदाय,विल्डन नेपाल र नगरपालिकाकाे संयुक्त साझेदारीमा भाैतिक संरचना निर्माण हुने सहमति पत्रमा हस्तान्तरण गरिएको भवन निर्माण समितिका अध्यक्ष केशवराज पाण्डेयले जानकारि दिए।

























