डडेल्धुरा: जिल्लाको नवदुर्गा गाउँपालिका वडा नंं. १ मा देवपूजन गर्ने पौराणिक भाँडाकुडा फेला परेका छन । वडा नं. १मा अवस्थित श्री बिरबलभद्र उच्च माध्यमिक बिद्यालय नजिकै करिब एक सय मिटर धान छर्न हलो जोतिरहेका बेला हलोको फालीमा बर्तन अडकिए पछि के रहेछ भनेर खोजी गर्दा देवी देवता पूजा गर्ने सुरुअगस्ताली एक, कुणि एक, करुवा एक, पहिचान नखुलेको मुर्ति एक, घण्ट चार र दियो पाँच लगायतका होम गर्ने बिबिध सामग्रीहरु फेला परेको स्थानीय पंडित महेशराज धिक्तले जानकारी दिएका छन ।
मंगलवार बिहान करिब ११ बजे तिर धान रोप्ने खेतबारीमा गह्राको भित्ता तिर हलो जोतिरहेकै बेला एकाएक हलोमा करुवाको भाग अडकिए पछि खोजतलास भएको र फेला परेका मुर्ति लगायतका पूजाबर्तनहरु माटोले खिया लागेर केहि आकृति बिग्रिएकोले स्थानीय सरोकारवालासँग सरसल्लाह गरि बिधिबत रुपमा सफा गरेर उपयुक्त व्यवस्थापन गरिने पनि पंडित धिक्तले बताए ।



स्थानीय खडक बहादुर ऐरको जग्गामा धान छर्न मान बहादुर रैकालले हलो जोतिरहेका बेला फेला परेको करिब २ तिन सय वर्ष पुरोनो जस्तो लाग्ने उक्त पूजा भाँडाकुणाहरु सामग्रीबाट स्थानीय हर्षित र आश्चार्यचकित पनि भएका छन ।

























