दिपकराज भट्ट – विश्व महामारीकाे रुपमा रहेकाे काेभिड राेगले विश्व अाक्रान्तिक छ। जसकाे कुनै उपचारकाे उपाय नै छैन्।
यस बाट नेपाल पनि अछुताे रहन सकेकाे छैन् । सुदुरपश्चिममा सात पहाडी , दुई तराईका जिल्ला गरि नाै जिल्ला रहेका छन् ।
देशमा महामारी बढदै जादा खुला सिमानाका कारणले सुदुर पनि भयानक संकटमा रहेकाे देखिन्छ उसाे त सुदुरमा अधिकासं खुला सिमानाहु छन् । जहाँ बाट नेपालीहरु दिनहु अाउने क्रम चलिरहेकाे छ ।
मजदुरिका लागि भारत जानेहरु अहिले काेराेनाकाे जाखिम बढेपछि नपाल जन्मथलाे अाउने गरिरहेका छन् न त क्वारेन्टाइनमा बस्छन् उनिहरु न त सावधानी नै अपनाउछन् ।
विकासले पछाडि परेकाे सुदुरमा स्वास्थ क्षेत्रकाे पनि विकास न्यून छ , सुदर पहाडका सात जिल्लाका मानिहरु उपचारका लागि डडेल्धुरा काे डडेल्धुरा अस्पताल अाउने गर्छन् । उता तराईका दुई जिल्ला का मानिहरु अाफु नजिककाे स्वास्थ संस्थामा जाने गर्छन् ।
देश काेराेनाले थला परेकाे याे विषम परिस्थितिमा हामी सबैले सचेत हुनु जरुरि छ । हामी समयमै सचेत हुने हाे भने महामारी बाट अाफु र अरु लाई समेत बचाउनु सकिन्छ ।




























