२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

कञ्चनपुरमा मास्क विना हिँड्डुल गर्नेलाई ५० रुपैयाँ जरिवाना

कञ्चनपुर- कञ्चनपुर प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको छ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णय बमोजिम प्रहरीले सामेबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई ५० रुपैयाँ जरिवाना गर्न थालेको हो।

पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाही स्वरुप उनीहरुबाट १८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?’ अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।