२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

कञ्चनपुरमा गए राति धारिलो हतियार गरी एक महिलाको विभत्स हत्या

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-७ भगतपुरमा गए राति धारिलो हतियार गरी एक महिलाको विभत्स हत्या भएको छ।

स्थानीय ५५ वर्षीय बेलु खातीको अज्ञात समूहले गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेको हो।

हतियार प्रहारबाट पत्नीको तत्कालै मृत्यु भएको र उनका पति ६२ वर्षीय धनश्याम गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

‘पत्नीको हत्या भएको छ। गम्भीर घाइते पतिलाई उपचारका लागि धनगढी पठाएका छौँ,’ थापाले भने, ‘खाती परिवारको घरमै मध्यरातमा घटना भएको हो’

हत्याराको पहिचान हुन सकेको छैन। प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ।

‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। नेपाल खबरबाट

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।