कैलाली प्रहरीले एक किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरास्थित बुढीनन्दा नगरपालिकाका–३२ वर्षीय चक्र रोकाया रहेका छन् । उनलाई धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित प्रगति होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।



चरेशको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोकायाले होटलमा झोलाभित्र लुकाएर राखेको चरेश फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चरेश राख्ने रोकायालाई होटलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले बताए ।
Views: 209


















