२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

नेपाली सेनाको नेतृत्वमा ६ वटा हिमालको सफाइ गरिने

ओखलढुङ्गा, ७ वैशाख । नेपाली सेनाको नेतृत्वमा ६ वटा हिमालको सफाइ गरिने भएको छ ।
सरकारको ‘सफा हिमाल अभियान’ अन्तर्गत सेनाले पहिलो पटक एकसाथ ६ वटा हिमाल सफाइको नेतृत्व लिएको हो । अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमाल सफाइ गरिने भएको छ । त्यसका लागि सेनाको टोली राजधानीबाट हिँडिसकेको छ ।

सन् २०१९ मा सगरमाथा सफाइ गर्न सेना खटिएको थियो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) सँगको सहकार्यमा त्यसबेला १० टन फोहोर र ४ वटा शव संकलन भएको थियो ।

त्यसै गरी यस वर्ष सेनाले ह्यान्डलिङ एजेन्सीका रूपमा पिक प्रमोसन प्रालिलाई छनोट गरेको छ । वन तथा वातावरण मन्त्रालयले अघिल्ला वर्षहरूमा हिमाल सफाइका लागि बजेट विनियोजन गरे पनि खर्च नभई फर्कने गरेको थियो । यस वर्ष सेनालाई सफाइ अभियानका लागि सोझै १० करोड रुपैयाँ उपलब्ध गराइएको थियो । त्यसपछि सेनाले विभिन्न स्रोत जुटाएर कुल १२ करोड ५५ लाख रुपैयाँमा अभियान अघि बढाएको सेनाका तर्फबाट सगरमाथा, ल्होत्से र पुमोरी सफाइको नेतृत्व लिएका सेनानी आदित्य कार्कीले जानकारी दिए ।

सेनाले ६ हिमाल सफाइ गर्न ४ वटा टोली बनाएर खटाएको छ । सगरमाथा, ल्होत्से र पुमोरी सफाइका लागि १३ जनाको टोली खटिएको छ । आमादब्लम, मकालु र धौलागिरिमा १०–१० जना गरी ३० जना सैनिक कार्यस्थल पुगिसकेका छन् ।

अभियानका फोकल पर्सनसमेत रहेका कार्कीका अनुसार, ‘यस वर्ष आधार शिविर व्यवस्थापन र फोहोर उठाउने अन्तिम ठाउँसम्म अनुगमन गरी प्रमाणीकरण गर्ने काम सेनाले गर्छ ।’ अघिल्लोपटक सगरमाथा सफाइ गर्दा सेनाको उपस्थिति आधार शिविर व्यवस्थापनमा मात्र थियो ।

उनले भने, ‘फोहोर संकलन, रुट फिक्सिङ र हिमाल चढ्ने काम ‘ह्यान्डलिङ एजेन्सी’ का रूपमा रहेको पिक प्रमोसनका कामदारहरूले गर्नेछन् । सेनाले प्रत्यक्ष अनुगमन र प्रमाणीकरण गरी संकलित फोहोरलाई आधार शिविरदेखि ल्याउनेछ ।’

सफाइ अभियानमा सैनिक र शेर्पा गरी १ सय १२ जना खटिने बताएको छ । यसमध्ये ४३ जना सैनिक र ६९ जना शेर्पा छन् । आरोहणबाट रित्तो फर्किने अन्य कम्पनीका शेर्पाहरूलाई पनि फोहोर संकलन गरी आधार शिविर ल्याएबापत फोहोरको परिमाण हेरी पारिश्रमिक दिने व्यवस्थासमेत गरिएको सेनाले जनाएको छ ।

सफाइ अभियानको टोली मे २९ सम्म आधार शिविरमै बसेर फोहोर संकलनमा खटिने भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।