बैतडी- बैतडीको दुर्गम सिगास गाउँपालिकाको सदरमुकाम स्थित गर्जेमा सडक पुगे संगै पहिलो पटक गाडी पुगेको छ।



सदरमुकाम गर्जेमा सडक पुगे सँगै यहाका नागरिक हर्षित भएका छन। डडेलधुरा को नवदुर्गा गाउँपालिका हुदै ढुङ्गाडबाट गर्जे २३ किमि सडक खण्ड सिगास गाउँपालिकाको सदरमुकाम गर्जेमा पुगेको हो ।
हरेक क्षेत्रबाट पिछडिएको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगे सँगै स्थानीय नागरिक सहित स्थानिय व्यापारि , कर्मचारी निकै हर्षित भएका छन। बिभिन्न भौगोलिक कठिनाइ मोलेर गर्जे सदरमुकाममा सडक पुगे सँगै सडक पुर्याउन सहयोग गर्ने ढुङ्गाड गर्जे सडक काट्न खटेका डोजर चालकलाई हिजो अबिर माला सहित सम्मान गरिएको थियो।
यसैबिच आज सिगास गाउँपालिका सदरमुकाम मा पहिलो पटक गाडी पुगाउने जीव चालक,गाडी धनी लाई फूलमालासहित गाउँपालिकाअध्यक्ष हरि सिंह धामीले स्वागत एवम सम्मान गर्नुभएको थियो।
पहिलोपटक उग्रतारा यातायातको म १ ज २१० नम्बर प्लेट को निजी जिपगाडी र नवदुर्गा गाउँपालिका को से १ झ २६८ नम्बर प्लेट को सरकारी गाडी पुगेको छ। सिगास गाउँपालिका लाई अगाडी बढाउन गाउँपालिका अध्यक्ष हरि सिंह धामी को प्रेरणा स्वरूप गाउँपालिका केन्द्र सम्म सडक पुर्याउन सफल भएको गाउँपालिका प्रवक्ता राम बहादुर धामीले बताउनुभयो।
“कसम खान्छु सिगासको,मुल फुटाउँछु बिकासको” भन्ने आफ्नो घोषणापत्र मा रहेको नारा त्यतिकै नबोलेको भन्दै नारा लाई जनताका सामु केही काम गरेर देखाउने गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो। विकास निर्माणको पूर्वाधार सडक सञ्जाल भएको भन्दै सिगास गाउँपालिका को वडा नम्बर ७ बाहेक सबै वडामा सडक सञ्जाल विस्तार भएको पनि उहाँले बताउनुभयो। वडा न. ७ मा सडक सञ्जाल विस्तार गर्न सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोग मा सडक काटिन लागेको वताउदै स्थानीय नागरिक लाई ढुक्क भएर प्रतिक्षा गर्न पनि उहाँले अपिल गर्नुभयो।
स्थानिय सरकार पुगेको झण्डै ४ बर्षको अवधि भित्र बिकासका बिभिन्न पूर्वाधारले फड्को मार्दै गर्दा सिगास गाउँपालिकाले एक ऐतिहासिक सफलता हात पारेको छ। हरेक विकासका पूर्वाधार बाट पछि रहेको बैतडीको दुर्गम स्थानीय तहको रूपमा चिनिने सिगास गाउँपालिका को केन्द्र गर्जेमा सडक पुगेको छ । गाउँपालिका केन्द्र पुग्न सडकबाट करिब ८- १० घण्टासम्म हिँड्नुपर्ने बाधयता वोकेका यहाँका नागरिकको आशाको केन्द्र एवम विकासको पूर्वाधार सडक सञ्जाल गाउँपालिकाको केन्द्र मा पुग्दा यहाँका नागरिक लगायत अन्य कर्मचारी समेत हर्षित भएका छन।
दुरीको हिसाबले बैतडी सदरमुकाम बाट सबैभन्दा ढाट रहेको सिगास गाउँपालिकामा सडक पुर्याउन सिगास गाउँपालिकाअध्यक्ष हरि सिंह धामीले उल्लेखनीय योगदान एवम पहल चाल्नुभएको थियो।
डडेलधुराको नवदुर्गा गाउँपालिका हुदै ढुङ्गाड- गर्जे २३ किमि सडक खण्ड बिभिन्न भौगोलिक कठिनाईका बाबजुत गाउँपालिका केन्द्र गर्जे सम्म सडक पुर्याउन अतुलनीय प्रयास गर्ने स्काइभेटर चालकलाई दोसल्ला र फूलमाला सहित सम्मान समेत गरिएको थियो ।
सम्मान कार्यक्रम मा सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी ,गाउँपालिका प्रबक्ता राम बहादुर धामी ,सबै वडाका वडा अध्यक्ष हरू, गाउ कार्यपालिका सदस्यहरू, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, समासेवी, बुद्धिजीवी लगायत अन्य सर्वसाधारण नागरिक को बाक्लो उपस्थिती रहेको थियो ।
सिगा गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगे सँगै यहाँका स्थानीय नागरिक हर्षित भएका छन। सिगास गाउँपालिका को केन्द्र मा सडक पुगे सँगै गाउँपालिकाको वडा न ७ बाहेक सबै वडाहरूमा सडकसञ्जाल बिस्तार भएको छ।

























