कञ्चनपुर । कञ्चनपुरमा थप तीन जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको ईन्जिनियरिङ् संकायका तीन विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको हो ।



मंगलबार महाकाली अस्पतालमा परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको महाकाली अस्पतालले जनाएको छ । कोभिड संक्रमणका आशंकामा परिक्षण गर्दा चार जना मध्ये तीन जनामा संक्रमण पुष्टि भएको हो । ईन्जिनियरिङ संकायका विद्यार्थीको कोरोना संक्रमण देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् ।
Views: 163

























