सुदूरपश्चिम- सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा १४७ नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका सबै भन्दा धेरै २३ जना, गोदावरी र टिकापुरका ४/४जना, लम्कीचुहाँ नगरपालीका,गौरीगंगा, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका, एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गरि कञ्चनपुरको भिमदत्तका एक जना, कृष्णपुरका २ जना, संक्रमण पुष्टि भएको हो । डडेल्धुरा, बाजुरा र अछामका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा ३३ जना कोरोना संक्रमितको उपचार भईरहेको समेत अस्पतालले जनाएको छ ।
Views: 211

























