कञ्चनपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।



जिल्लाको शक्लाफाँटा नगरपालिकाको कलुवापुरमा से ४ प ७३८८ नम्बर को मोटरसाईकल र बा २१ च १३०५ नम्बरको कार एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।
घाईते हुनेमा मोटरसाईकलमा सवार बिर बहादुर चौधरी र शान्ती चौधरी रहेका छन् । घाईते दुवैलाई उपचारकालागी धनगढीमा पठाएको प्रहरी नायब उपरीक्षक थापाले बताए । कार चालक दिपक राज भट्टलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
Views: 143

























