सेती नदिमा बेपत्ता भएका युवकको शव चार दिन पछि भेटिएको छ । गत शनिबार दिउँसो नुहाउने क्रममा नदीमा बगेर वेपत्ता भएका सायल गाउँपालिका–४ डौडका ३२ वर्षीय सुर्य बोगटीको शव फेला परेको हो ।



उनको शव मंगलबार दिपायल सिलगढी नगरपालिका–४ रातामाटी नजीकको नदिमा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए ।
Views: 159

























