२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

जुम्लामा दुई युवाले सोलारबाट चल्ने काठको कार बनाए, गाँउपालिका अध्यक्षद्वारा उद्घाटन

जुम्ला — जुम्लाका दुई युवकले सोलारबाट चल्ने काठको कार बनाएका छन् । सिन्जा गाँउपालिका-२ चुलेलगाँउका २० वर्षीय प्रशान्त बि.क र  १९ वर्षीय अज बहादुर बि.कले सोलरबाट चल्ने काठको कार बनाएका हुन् ।

उक्त कारको उद्घाटन सिन्जा गाँउपालिकाका अध्क्षय देवलसिंह रावलले गरिसकेका छन् । कारकाे अगाडी उनीहरूले आफ्नो नाम ‘प्रशान्त’ र ‘अज’ लेखेका छन् । कारमा काठ र फलाम प्रयाेग गरिएकाे प्रशान्तका दाजु रतनले जानकारी दिए । कारभित्र चार जनासम्म बस्न मिल्ने उनले बताए ।

रतनका अनुसार उक्त कारमा १२ भोल्टेजका २ ब्याट्री जडान गरिएको छ । कारको छतमा सोलारका पाता जडान गरिएको छ । आफूहरू गरिब परिवार भएको र कुनै पनि  निकायबाट सहयोग नमिलेको प्रशान्तले गुनासो गरे । अवसर पाए आफूहरुले गाडी र मोटरसाइकल बनाउन सक्ने प्रशान्तको दाबी छ ।

उनीहरूले काठको कार बनाएर गुडाएपछि स्थानीयहरू दंग भएका छन् । प्रशान्तले उक्त कार नाग्म गमगडी राजमार्गको सडकमा एक सय मिटर गुडाएका थिए । कार सडकमा गुडेपछि स्थानीयहरू सो कार हेर्न सडकमा आएका थिए ।

गाउँपालिका अध्यक्ष रावलले कार उद्घाटन गर्दै युवकहरूलाई गाउँपालिकाले सहयो गर्ने र उनीहरूकाे सिप मर्न नदिने प्रतिवद्धता जनाए । उनले आर्थिक सहयोग गर्ने पनि जानकारी दिए ।

कार निमार्ण गर्दा करिब एक लाख खर्च लागेको प्रशान्त बताउछन् । सो कार बनाउन आफूहरुले दुई तीन वर्षअघिदेखि नै अभ्यास  गरेकाे पनि उनले सुनाए ।

‘सडकमा गाडी गुडिरहेको देखेपछि यो कसरी बन्छ ? करसी चल्छ ? भन्ने जिज्ञासा लाग्यो, त्यसपछि हामी पनि कार निमार्ण गर्नतर्फ लाग्यौं’, उनले भने, ‘पहिले आफूले एक दुई किलोमिटर टाढाबाट रिमोटबाट ढोका खोल्ने, जौ काटने मेसिन बनायौं, त्यसपछि गाडी बनाउने सोच आयो ।’

गाउँपालिकाले उक्त कार संग्रहालयमा राख्ने बताएको छ । उनीहरुलाई हैसला दिनका लागि केही स्थानीयले आर्थिक सहयोग समेत गरेका छन् ।

न्युज २४ बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।