२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

सुदूरपश्चिम प्रदेश नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित दोस्रो

धनगढी : देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका प्रदेशमा सुदूरपश्चिम दोस्रोमा छ। प्रदेश २ पछि नेपालमा सबैभन्दा बढि कोरोना संक्रमित सुदूरपश्चिममा रहेका हुन्।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या चार हजार पाँच सय २४ पुगेको छ। 

प्रदेशमा सबैभन्दा बढि कैलालीका एक हजार ६२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ४४, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय नौँ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार बढि डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ। 

सुदूरपश्चिमभन्दा बढि संक्रमण पुष्टि भएका प्रदेश नम्वर २ मा पाँच हजार एक सय ५५ कोरोना संक्रमित रहेका छन्।

प्रदेश नम्वर ५ मा चार हजार तीन सय ६५, कर्णली प्रदेशमा दुई हजार १७, गण्डकी प्रदेशमा एक हजार पाँच सय ८१, बाग्मती प्रदेशमा एक हजार एक सय चार र प्रदेश नम्वर १ मा एक हजार ५१ जनामा कोरोना पुष्टि भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।