दिपक राज भट्ट —डडेल्धुराको परशुराम नगरपालिकामा वि.सं. २०४५—३—१० गते आमा धना देबी धामी,बुबा मोहन सिं धामी परशुराम नगरपालिका १० शिर्षमा जन्मनु भएको हो । एस.एल सी सम्मको पढाई ग्रीन भ्याली जोगबुडामा गरे भने उच्च शिक्षाका लागि शिद्धनाथ क्याम्पस जोगबुटा डडेल्धुरामा भर्ना भएका उनले मास्र्टस अङग्रेजी केनिद्रय विभाग बाट पासआउट गर्नुभयो । एस.एल .सी दिएर उनले स्थानिय गाउमै विद्यार्थीहरु पढाउनु सुरु गर्नुभयो , उमेरले सानै भए पनि उनको गरिबीले उनलाई पढाउने बनायो ।




मास्र्टस गरेपछि एक बर्षका लागि थाईल्याण्ड शिक्षण पेसाका लागि जानुभयो । विदेशमा एक बर्षसम्म निशुल्क शिक्षक बनेर काम गरेका उनले नेपालमा आएर अहिलेसम्म १५ विद्यालयमा शिक्षक भएर काम गरेको अनुभव छ हाल आएर उनले ज्ञानुदय विद्या निकेतनमा प्रमुख भएर काम गरिरहन् भएको छ ।
१६ बर्षको हुदा देखि शिक्षण पेसामा किन लागे त धामी ः
ग्रिबीको कारणले पढने ईच्छा लाई छेकेन उनले आफ्नो पढाई सँगै शिक्षण गर्नु सुरु गरे , उनले एस.एल.सी. दिएर एस.एल.सी कै विद्यार्थीहरु लाई पहिलो पटक पढाएका हुन् । गरिबीले उनलाई यो संर्गस गर्न सिकाएको हो ।
शिक्षण पेसा संगैँ रेष्टुरेन्टमा जमेका जगदिश विदेश जाँने युवाहरुका लागि
प्रेरणा बनेका छन्ः भन्नुहुन्छ गरे जे पनि नेपालमा सम्भव छ । युवाहरुले जे गर्नु छ नेपालमै गर्नु छ जहाँ सम्मान मान सबै कुरा मिल्छ ।
कसरि रेष्टुरेन्ट खोल्ने सोचमा पुगे त धामी ः
धामीले डडेल्धुराको तुफानडाँडामा को सिद्धार्थ बैंक को तल्लो तलामा फेम्ली रेष्टुरेनट खोलेका छन् । देश कोरोना कहरमा गएपछि विद्यालयहरु बन्द भए यहि खाली समयको सदुपयोग गर्नुका लागी उनले रेष्टुरेन्ट खोलेका हुन् । अहिले उनले ४ जाना लाई रोजगारी समेत दिएका छन् ।
धामी भन्नुहुन्छ जीवन संर्गस हो हामीले खाली बस्नु हुदैन् सकेको लगानी गरेर काम गर्नुपर्छ सफलता अवश्य मिल्छ । मेरो जीवनको प्रेरण दाजु राज ओम प्रकास बुढाथोकी र श्र्रीमति सविना डडाल हुन् ।
अहिले धामी शिक्षण संँगै रेष्टुरेनटमा लागेका छन् । उनेले गरिबीका कारण कसैको पढाई रोकिएको छ भने उनलाई निशुल्क पढाउने गरेका छन् ।

























