डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालीका फुसको छानो मुक्त हुने भएको छ । नेपाल सरकारको अनुदान रकममा फुसको छाना हटाई जस्तापाता लगाईन थाले पछि अमरगढी नगरपालीका फुसको छानो मुक्त हुने भएको हो ।
सुरक्षीत नागरिक कार्यक्रम अन्र्तगत फुसको छानो मुनी बस्दै आईरहेका गरिव, विपन्न परिवारको पहिचान गरेर जस्तापाताले घरका छाना छाउन थालिएको छ । अमरगढी नगरपालीकाका ११ वटै वडाका एक सय ५१ परिवारको फुसको छानो हटाएर जस्तपाताले छाउन थालिएको अमरगढी नगरपालीकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।
सुरक्षीत नागरिक आवास कार्यक्रम अन्र्तगत प्रति परिवारलाई अधिकतम ५० हजार रुपैयाँ अनुदान दिईने भएको छ । फुसको छानो मात्रै नभई छानो मर्मत गर्न नसकेका विपन्न परिवारका घरका समेत छानो मर्मत गरिने अमरगढी नगरपालीकाले जनाएको छ ।
छानो मर्मत हुन थाले पछि लाभ ग्राहि खुसी भएका छन । पानी पर्दा चुहिनुका साथै आगलागीको भय र हावाहुरी चल्दा हुन सक्ने जोखिम बाट बच्न सकिने भन्दै उनिहरु खुसी भएका हुन ।




























