कपिल देब भट्ट/दार्चुला:-दार्चुलाको महाकाली नगरपालिका नौ स्थित राष्ट्रिय मावि दत्तुमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।



कार्यक्रममा शिक्षाको स्तरलाई कसरी उकास्ने भन्ने बिषयमा छलफल गरिएको थियो।महाकाली नगरपालिकाको निमन्त्रणामा प्राध्यापक डा. बिदा नाथ कोइराला दार्चुला आउनु भएको छ।
अहिले सम्म ४ बिद्यालयमा अन्तर्कृया गरिसक्नुभएको छ।महाकाली नगरपालिकाले शैक्षिक नगरी बनाउने लकसरी लिएको छ। अन्तर्किर्या कार्यक्रममा निजि बिद्यालय र सामुदायिक बिद्यालयबिचको तुलना समेत गरिएको थियो।सामुदायिक बिद्यालयमा भौतिक व्यवस्थापन राम्रो भए पनि शैक्षिक अवस्था कसरी राम्रो हुन सकेन?भन्ने बिषयलाइ समेत जोड दिइएको थियो।
शिक्षा बिद प्राध्यापक डा.बिद्या नाथ कोइरालाले एकले अर्कोलाई आरोप लगाउने कार्य गलत भएको बताउनुभयो।”हामी आफू कस्तो छौ भनेर हेर्दैनौ अरुलाइ मात्रै दोश लगाउने गर्छौ।हामिले आफुसङ्ग जे छ त्यसलाई सहि सदुपयोग गर्नुपर्ने उहाको भनाइ रहेको थियो।”
उक्त अन्तर्किर्या कार्यक्रममा शिक्षा बिद प्राध्यापक डाक्टर बिद्या नाथ कोइराला, महाकाली नगरपालिकाका नगर उपप्रमुख सुना बोहरा, महाकाली नगरपालिकाका सामाजिक विकास तथा समन्वय एकाइ प्रमुख तथा वडा नम्बर ४ का वडा अध्यक्ष पुष्कर जोशी, महाकाली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश राज जोशी, शिक्षक शाखा प्रमुख इश्वरी ठगुन्ना, सोर्त व्यक्ति मान सिह धामी,राष्ट्रिय क्याम्पस दत्तुका क्याम्पस प्रमुख रमेश सिह चैसिर,मावी दत्तुका प्रअ राजेश सिह सामन्त,मावि दत्तुका शिक्षक पत्रकार सहभागी भएका थिए।

























