२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

लुम्बिनी प्रदेशमा जसपाका चार मन्त्रीले लिए शपथ

रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन् । 

मुख्यमन्त्री पोखरेलविरुद्ध लुम्बिनी प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादीका ४१ प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर दिउँसो १:१५ बजे प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।

त्यसको तीन घण्टामै मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादीका ५ मध्ये तीन र हस्ताक्षर नगर्ने एक जनालाई मन्त्री बनाएका हुन् । नवनियुक्त चारै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले जसपाका सन्तोषकुमार पाण्डेले भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रालयमा नियुक्त गरेका हुन् ।
पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् ।

मन्त्रिपरिषद विस्तारसँगै मुख्यमन्त्री पोखरेलले बहालवाला मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन् । प्रदेशका ७ मन्त्रालय फुटाएर ८ मन्त्रालय बनाइएको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका सरकारका प्रवक्ता वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।