२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

सौर्य एयरलाइन्सले २ वर्षदेखि अवरुद्ध धनगढी-काठमाडौँ सेवा पुनः सञ्चालन गर्ने

धनगढी। सौर्य एयरलाईन्सले पुनः धनगढी देखी काठमाडौँसम्मको उडान सेवा सञ्चालनमा ल्याउने भएको छ ।

बिभिन्न समस्या कारण २ बर्ष उडान सेवा बन्द गरेको एयरलाईन्सले यही बैशाख १८ गतेबाट पुनः नियमित उडान गर्ने पत्रकार सम्बेलन मार्फत जानकारी गराएको हो । सौर्य एयरलाईन्सले २०१८ देखी फाइनान्सीयलको समस्या, कोभिड १९ का कारण धनगढी-काठमाडौँ उडान सेवा बन्द गरीएको थियो ।

यात्रुको चाहाना अनुसार एयरलाईन्सलाई पुनः नियमित उडानमा ल्याउन लागेको एयरलाईन्सका बजार ब्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

उनका अनुसार ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘crj  २०० जेट जहाज’ पुनः सञ्चालनमा ल्याउने छ ।

अन्य जहाज भन्दा सो जहाज १५ देखि २० मिनेट छिटो उड्ने र सुरक्षितका साथै सुबिधा सम्पन्न जहाज मानिएको एयरलाइन्सले जनाएको छ । धनगढी देखी काठमाडौँको भाडादर ५ हजार कायम गरिएको छ ।

आगामी दिनमा बिराटनगर देखी धनगढी तथा अन्य ठाउँबाट धनगढी उडाई यात्रा सञ्चालनमा ल्याउने योजना एयरलाईन्सको छ ।

एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर,भद्रपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको बजार ब्यवस्थापक खनालले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।