२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

धनगढीका सम्पूर्ण विद्यालय बैशाख १५ गते सम्म बन्द

धनगढी। धनगढी उप–महानगरपालिकाले २०७८ साल बैशाख ५ गते जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

कोरोनाको जोखिम बढेकाले जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको बैठकले स्थानीयतहलाई अनुरोध गरेको थियो । सोमबार सामुदायीक , निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधीहरु, प्याब्सन, एनब्याब्सनका प्रतिनिधीहरु र अन्य सरोकारवालाहरु संग सुझाव संकलन गरेपछि बैशाख ७ गतेदेखि बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयका सम्वन्धमा नेपाल सरकार बाट थप निर्णय भै आएमा सोही अनुसार हुने समेत निर्णय गरिएको छ ।प्रत्यक्ष पठनपाठन विद्यालयमा बन्द भएपनि सम्भव भए सम्म अनलाईन कक्षा संचालन गर्ने बारेमा विद्यालयलाई जानकारी गराउने तथा बार्षिक परीक्षा संचालनका लागि आवश्यक गृहकार्य गर्न विद्यालयलाई जानकारी गराउने निर्णय पनि धनगढी उप–महानगरपालिकाले गरेको छ ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सबै पक्षहरु संग सुझाव लिएपछि १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफल पछि निर्णयमा पुगेको बताईन ।   

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।