२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय

काठमाडौं, ६ वैशाख । सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

यस्तै, मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेछ। यसैगरी, रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टीप्यालेस, जीमखाना, रङ्‌गशाला लगायत पनि वैशाखभर बन्द राख्ने निर्णय गरिएको छ।

बैठकले संसद्‌को चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो।निर्णय बारेको सूचना राजपत्रमा आजै प्रकाशित गरिने मन्त्री श्रेष्ठले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।