२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

चाैबिस बर्षकाे उमेरमा उप-मेयर बनेकि संगिता भण्डारीकाे जीवन कथा

दिपकराज भट्ट— सुदुरको डडेल्धुरा जिल्लामा वि.सं. २०४९ पुस १८ गते स्व.कुमारि देवि भण्डारी,बुबा गोपाल सिंह भण्डारीको कोख बाट अमरगढी नगरपालिका-२ डवरवाटामा जन्मनु भएको हो । सानै देखि पढनुमा रुचि राख्ने भण्डारीले प्राथमिक तहको पढाई बाजेबजै संग उणीकोट मा.वि आलितालमा अध्ययन गर्नुभयो । एस.एल.सि घटाल मा.वि नुवाकोट डडेलधुरा बाट गर्नुभयो ।

उच्च शिक्षाका लागि डडेल्धुरा सदरमुकाम आएकि उहालाई सहज थिएन डडेल्धुरामा बसेर पढनुका लागि । पाच बर्षको उमेर हुदा आमाको मृत्यु हुदा उनको यो पिडा सधै उनीमा खडकिरह्यो । पढनुका लागि डडेल्धुरा आएकी भण्डारीले संर्गस गर्नुतिर लाग्नु भयो । उनले पढाई संगै एफ.एम.को काम गर्नुतिर लाग्नु भयो आफु पढनुकै लागि पैशा जोहो गर्नुपर्ने भएकाले उनले कलेज पनि जानु पाइनन् र प्राईभेट पढेरै बेचुलर पास गर्नुु भयो आएड माउन्टेन ईङगलिस स्कुल बाट अङग्रजी मुल बिषय र बि.एड मा समाजसास्त्र बाट अध्ययन डडेल्धुरा बहुमुखि क्याम्पस डडेलधुराबाट गर्नुभएको हो ।

कलिलो उमेरमै पत्रकारिता जगतमा लागेकी भण्डारि २०६८ सालमा पत्रकार महासंघको केन्द्रिय सदस्यको दाबेदार हुनुभयो ।उनले एक दशक संञ्चार जगतमा काम गर्नुभयो २०६४ देखि २०७४ सम्म डडेल्धुरामा सकिृय पत्रकारिता गर्नुभयो । नेपालमा संघियता लागु भएपछि स्थानिय सरकारको चुनाव भयो स्थानिय सरकारको चुनावमा भण्डारी अमरगढी नगरपालिकाको उप मेयर पदमा निर्वाचित हुनुभयो ।

आमाले छाडनु भयो दुख नै मेरो प्रेरणा बन्यो पाच बर्षको उमेरमै आमाको मृत्यु हुदा आमा कोखबाट पाउने माया ममता बाट बञ्चित बनेकि भण्डारीले केहि माया बाजेबजै बाट त केहि माया बुबा बाट पाउनु भयो । मैले दुख के हो जानेबुझे संर्गस गर्नु थाले सफता पाईयो जीवनमा काम लाई सानो ठुलो भन्नुहुदैन लगनसिल हुनर्पछ सफलता अवश्य पाईन्छ ।

मेरा लागि दुखः नै प्रेरण बनेको हो । दुखले केहि सिकाउछ भने त्यो हो मेरो जीवनको संर्गस हो भन्नुहुन्छ उप मेयर संगिता भण्डारी ।

मैले भोगेको दुख जस्तै अनाथ बालबालिकाहरुले भोग्नु नपरोस भननुका लागि मैले डडेल्धुरामा बालग्रह बनाउनु पहल गरेकि छु । म यो पदमा पुगनुका लागि जुन मतदाताले मलाई विस्वास गरेर मत दिनुभएको छ उहालाई हृदय देखि नै धनयवाद दिन चाहान्छौ र म यी मतको सधै रिणी रहेने छु भण्डारीको भावक भनाई रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।