२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

विश्वका १४ करोडभन्दा बढी जनसंख्या कोरोना संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड नाघेको छ । गत २४ घन्टामा विश्वभर ८ लाख २४ हजार २ सय २ नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड ४ लाख ९९ हजार १ सय ४४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १२ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख ११ हजार ४ सय २८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमित मध्ये भारतमै सबैभन्दा धेरै २ लाख ३३ हजार ९ सय ४३ जना रहेका छन् भने १ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ ।

भारतमा यो सङ्ख्या हालसम्मकै धेरै रहेको बताइएको छ । यस्तै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै ११ करोड ९३ लाखभन्दा बढी स्वस्थ भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।