२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण कार्य सुरु

कञ्चनपुर|  दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य सुरु गरिएको छ। 

उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो। आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ। अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताइन्। 

“नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भनिन्, “आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पु¥याउने लक्ष्य लिएका छौँ।” सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताइन्। उनका अनुसार एक घर निर्माण गर्न झण्डै दुई लाख खर्च लाग्ने छ। निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ। 

छानामा जस्ता पाता राखिने छ। चालू आवमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।