२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

वैशाख मसान्तसम्म शहरका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौँ । कोभिड–१९ व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा शनिवार बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस संक्रमणको रोकथामका लागि शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको जनाएको छ ।  

मन्त्रिपरिषद् बैठकले सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय बन्दको निर्णय कार्यान्वयन हुनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नेबारे प्रस्ताव पेश गरेपनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको थिएन ।

शहरी क्षेत्रबाहेक अन्य क्षेत्रमा प्रदेश र स्थानीय तहले निर्णय अनुसार विद्यालय सञ्चालन वा बन्द गर्न सकिने निर्णय समेत सीसीएमसीले गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्नुपर्ने मत स्वास्थ्य मन्त्रालयले राख्दै आएको छ । मन्त्रालयले केही दिनअघि अपिल जारी गर्दै विद्यालय नजान अनुरोध गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।