बाजुराको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाको छातिमा समस्या भएको छ । गाउँपालिका वडा नम्बर २ तल्दुुगन गाउँमा जनताका समस्या बुुझ्न पुुगेका रोकाया बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याईएको छ ।



जिल्ला अस्पताल बाजुराका डा. शेर बहादुर साउदका अनुसार अध्यक्ष रोकायालाई मुटुमा समस्या भएको थप उपचारका लागि काठमाडौ लिनुपर्ने बताएका छन् । थप उपचारका लागी काठमाडौ लिने तयारी भईरहेको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।
Views: 447

























