२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितलाई बेड अभाव

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट स्वदेश फर्किनेहरूको सङ्ख्या बढेपछि कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

कोरोना संक्रमित बढेपछि महाकाली अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीहरूलाई राख्नको लागि बेडको अभाव हुन थालेको छ ।

महाकाली अस्पतालमा रहेको ५० शय्याको आइसोलेसन अहिले ५१ जना बिरामीहरू रहेको महाकाली अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरि कुमार श्रेष्ठले संक्रमित थपिँदै गएकाले आइसोलेसनमा बेड अभाव हुन थालेको बताउनुभएको छ ।

बेड अभाव हुन थालेपछि जनस्वास्थ्य कार्यालयले महेन्द्रनगरस्थित आइसिएचको भवनमा आइसोलेसन बनाउने तयारी गरिएको जनाइएको छ । कञ्चनपुरमा प्रत्येक दिन १० देखी १५ जना नयाँ संक्रमितहरु थपिन थालेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।