काठमाडौँ,३ बैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाको ट्रफी सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सीलार र मलेसियाका कप्तान फैज अहमदले शुक्रवार (आज) ट्रफी सार्वजनिक गरेका हुन् ।



शनिवार (भोलि) देखि कीर्तिपुर मैदानमा सुरु हुने शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सहभागी छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।
कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रवेश गराउने क्यानले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै खेलकुदलगायतका कार्यक्रममा भिड नगर्न अपिल गरिसकेको छ ।
Views: 173

























