२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

रअ प्रमुख र ओलीबीच चार बुँदे सहमति, ६ महिनापछि भयाे खुलासा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ । रअ प्रमुख गोयल २०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका थिए । गोयलले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा मध्यरातमा भेटघाट गरेका थिए । उनीबीच त्यतिबेला भएको सहमति हाल बाहिर आएको हो । त्यतिबेला गोयल र ओलीबीच ४ बुँदे सहमति भएको खुलेको पत्र ‘उज्यालो नेटवर्क’ अनलाइनले सार्वजनिक गरेको छ । नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्ने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन मोदीले सहयोग गर्ने, नेपाल भारतबीचको सीमा समाधान वार्ताका माध्यमबाट गरिने लगायत चार बुँदे सहमति भएको हो ।

यस्तो छ सहमतिपत्र: बुँदामा नेपाल र भारतको बीचमा भएका कुनै पनि समस्याहरु वार्ताको माध्यमबाट समाधान गरिने उल्लेख गरिएको छ । त्यस्तै बुँदा नम्बर २ मा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कदममा भारतले स्वागत र साथ दिने उल्लेख गरेको छ । त्यस्तै बुँदा नम्बर ३ मा नेपाल भारत सीमा सम्बन्धी समस्या उच्चस्तरबाट हल गर्न सहमत भएको उल्लेख छ ।

त्यस्तै कालापानी लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकिन अन्य कदम नचाल्ने ओलीका प्रतिबद्धता उल्लेख गरेका छन् । यसैगरी बुँदा नम्बर ४ मा भने भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने उल्लेख छ । एमसीसीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साथ र सहयोग गर्ने विषय पनि उल्लेख गरेका छन् ।

‘उज्यालो नेटवर्क’ अनलाइनले सार्वजनिक गरेको पत्र —

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।