कञ्चनपुर- कञ्चनपुरमा समेत कोरोना संक्रमण बढ्दै गएको छ। बिहिवार मात्रै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ९ जना र सिमा नाका गड्डाचौकिमा गरिएको ऐन्टिजिनमा ९ जना गरि १८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्ट बताईन् ।



कोरोना संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, दोधारा चाँदनी नगरपालिकाका १ जना र शुक्लाफाँटा नगरपालिकाका १ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर भटट्ले जानकारी दिईन् ।
यस्तै सिमानाका गडडाचौकीमा ऐन्टिजिन परिक्षणबाट ९ जनामा संक्रमण फेला परेको हो । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६७ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

























