२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान 

काठमाडौं । सरकारले ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । २०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिए । तर प्रधानमन्त्रीलाई गाह्रो भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले खादा लगाइदिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिए ।

२०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गरे । त्यसको लाइभ भिडियोबाट प्रधानमन्त्री ओलीले लोकतन्त्रका योद्धाका रूपमा सम्मान गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिए । उनी लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक पनि हुन् ।

३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान

जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएकाले सम्मान सम्भव भएको बताए । उनले यसअघि माओवादी नेतृत्वको सरकार भएको भएपनि यस्तो सम्मान हुन नसकेको बताए ।

अनलाईन खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।