२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

बाजुरामा भरुवा बन्दुक र जंगली बँदेलको मासुसहित दुई जना पक्राउ

 बाजुरा। बाजुरामा भरुवा बन्दुक र जंगली बँदेलको मासुसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ गुदुखातीबाट सोही वडाका ४५ वर्षीय मने बहादुर धामी र ४३ वर्षीय मन बहादुर धामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई जंगली बँदेलको मासु र ४ नाल घरेलु भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । मनेको घरमा बँदेलको मासु फेला परेको र मन बहादुरको घरमा बँदेलेको मासुसहित १ नाल भरुवा बन्दुक पनि फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

बँदेलको मासु जिल्ला वन डिभिजन कार्यालय बाजुरा बुझाइएको र बाँकी तीन नाल बन्दुक कसको हो भन्ने नखुलेकाले त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।