२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

त्रिदेशीय क्रिकेटका लागि नेपाली टाेली घाेषणा

काठमाडौं,१ बैशाख । त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत टिमको घोषणा गरेको हो। घरेलु भूमिमा नेदरल्याण्ड्स र मलेसियासँग हुने ट्राइसिरिजका लागि नेपालले १५ सदस्यीय टिम घोषणा गरेको हो ।

क्यानले १८ जना खेलाडी समेटी शुरु गरेको बन्द प्रशिक्षणबाट अन्तिम १५ खेलाडी छनोट गरेको हो । यसअघि प्रशिक्षणमा बोलाईएका सन्दीप जोरा, लोकेश बम, बिक्रम सोव, पवन सर्राफ र ललित नारायण राजवंशी राष्ट्रिय टिममा परेका छैनन् । यद्यपी साहब आलम र आशिफ शेख भने पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छन् ।

यस्तै कुशल भुर्तेल पनि पहिलो पटक टी–ट्वेन्टी क्रिकेटका लागि राष्ट्रिय टिममा परेका छन् । यहि बैशाख ४ गतेबाट त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुने प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा खेलाईने छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।