सुरत तमोली —बोलन्या थली युनिट डडेल्धुराले नया बर्ष डडेल्धुरा अस्पतालमा मनाएको छ । नया बर्षको अवसर पारेर डडेल्धुरा अस्पतालमा रहेका विरामीहरु लाई फलफुल वितरण गरेको र स्वास्थ्यकर्मीहरु,डडेल्धुरामा रगत व्यवस्थापन गरिरहेका स्वयमसेबकहरु लाई दोसस्ला ओडाएर सम्मान गरेको छ ।



समाज सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मि, सुरक्षकर्मि,रगत व्यस्थापक स्वयमसेकहरुको मनोवल उच्च मनोवल राख्नुका लागि आफुले योे सम्मान गरेको युनिट डडेल्धुराका संयोजक दिपकराज भट्ट ले जानकारि दिनुभयो ।
कार्यक्रमको आयोजक बोलन्या थली युनिट डडेल्धुरा र सहयोगीमा भागेश्वर गाउपालिका डडेल्धुरा,अमरगढी नगरपालिका डडेल्धुरा र मिडिया पार्टनर खबरदारी न्युज रहेको थियो ।
यसरि सम्मान र सदभाव देखाएर मनोवल उच्च राख्नुमा सहयोग गरेकोमा युनिट डडेल्धुरा लाई डडेल्धुरा अस्पतालका अध्यक्ष करुणकर ओझाले धन्यवाद दिए ।

























