२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

नयाँ वर्षमा मनाइने ‘बिसु पर्व’ सुदूरपश्चिम क्षेत्रमा आज ‘मनाइँदै

धनगढी,१ बैशाख । नयाँ वर्षका रुपमा मनाइने परम्परागत ‘बिसु पर्व’ सुदूरपश्चिम क्षेत्रमा आज ‘मनाइँदै छ । वैशाख १ गते बिसु पर्वका दिन प्रत्येक घरमा ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाइ खाने चलन छ । यस दिन ईष्ट–कूलदेवताको पूजा पनि गर्ने गरिन्छ । बैशाख १ गते एकदिन मनाइने यो पर्वमा देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुहरु एक–आपसमा सिस्नु पानी छ्यापेर रमाइलो गर्दछन् ।

यसरी सिस्नु पानी छ्याप्दा शरीरका छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ । बिसु पर्वका दिन प्रत्येक घरमा दहीमा भिजाएर तयार पारिएको ‘दही–चामल’ प्रसादको रुपमा छरछिमेकमा बाँडेर खाने चलन पनि छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरुप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यस्तै, सूर्यले पृथ्वीको परिक्रमा बैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको अर्को किंवदन्ती रहेको छ ।

यस क्रममा बिसु पर्व मनाउने समुदायका प्रयेक घरमा ‘निसौसे’, ‘रोट’, ‘माणा’लगायतका स्थानीय खानाका मिठा परिकार पकाउन गृहणीहरुको व्यस्तता बढेको छ भने विवाहित छोरी–बेटीहरुमा आ–आफ्नो माइतीघर जाने चटारो देखिएको छ । यसैगरी, नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमवासीहरु मौलिक चाड विषु मनाउन एक हप्ता अघिदेखि नै घर फर्किने क्रम पनि जारी रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।