२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

कृष्णपुर – २ बाणीमा घरमा आगलागी : २ लाख बराबरको क्षति

कञ्चनपुरको बाणीमा आगलागी भएको छ । कृष्णपुर नगरपालीका वडा नम्बर २ बाणीमा आगलागीबाट हस्त बहादुर महताको २ तले काठको घर जलेको स्थानिय नरेश नाथ योगीले जानकारी दिए ।

गत चैत्र २९ गते राती बिद्युतको तार सट भएर आगलागी भएको उनले बताए । घरभित्र रहेका काठको ५ ओटा ढोका, झ्यालको ५ वटा चौखट, ४० ओटा फ्रेम, खाद्यान्न, भाडाकुडी र लत्ताकपडा जलेर पुर्ण रुपमा नष्ट भएको बताईएको छ ।

आगलागीबाट करिव २ लाख बराबरको क्षति भएको छ । स्थानिय र प्रहरीको सहयोगमा झलारीको दमकलले आगो नियन्त्रणमा आएको बताईएको छ । नजिकै रहेको बाणी अस्पतालको छत्जामा समेत आगोले क्षति गरेको स्थानिय योगीले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।