२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन

धनगढी, १ बैशाख । आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपाल तथा विश्वका विभिन्न देशमा बस्ने नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँदै छन्।

नयाँ वर्षमा गत वर्ष गरेका कामको समीक्षा गर्ने र नयाँ संकल्पसहित काम अघि बढाउने गरिन्छ। आज मीठो मसिनो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गरिन्छ।

नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता रहेको ज्योतिषविद् बताउँछन्।

सरकारी कामकाजमा विक्रम संवत्को आधारमा चलाउने नेपाल एक मात्र मुलुक हो। यो संवतको आरम्भकर्ता विक्रामादित्य हुन्। विक्रम संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिक महत्व रहेको ज्वोतिषविद्हरुको भनाई छ। सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ।

गत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरस संक्रमणको कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउँदै छन्। कोरोना संक्रमणको त्रासको कारण बाहिरफेर घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन। सरकारले पनि कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गरेको छ।

यसैबीच नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन्। नयाँ वर्षको अवसरमा देशैभरी आज सार्वजनिक बिदा दिइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।