दार्चुला । हिंसा र बलात्कारका घटना बढ्न थालेपछि दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको तालिमका प्रशिक्षक कल्पना पालले जानकारी दिए ।



उनका अनुसार, पहिलो चरणमा दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका छ वटा विद्यालयमा किशोरीलाई प्रतिरक्षा तालिम दिइँदैछ ।
सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) सँगको सहाकार्यमा गुड नेवर्सको प्राविधिक सहयोग तथा प्रहार संस्थाको समन्वयमा किशोरी तथा बालिकाहरुलाई विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको हो ।
दार्चुला घर भएका विद्यार्थी नेता पालले धनगढीमा आत्मरक्षा तालिम लिएर अहिले जिल्लास्तरमा विद्यार्थी, किशोरीहरुलाई प्रशिक्षण दिईरहेका छन् ।
Views: 149

























