२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

संक्रमण बढ्दै : विद्यालय एक महिना बन्द गर्ने

काठमाडौँ,३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम बढ्दै गएपछि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको बताएका हुन् । 

मन्त्रालयले तत्कालका लागि अनलाइन माध्यमबाट पठनपाठनको व्यवस्था गर्नेगरी विद्यालय बन्द गर्न सिफारिस गरेको हो । 

पछिल्लो समय विद्यार्थी र शिक्षकामा  संक्रमण बढी देखिएको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो । जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र विद्यालयका गतिविधि सञ्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गर्दै आएको छ । 

निजी विद्यालय सञ्चालकले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्छु भनेर जोखिम मोलेको भन्दै सरकारले ठूला र संक्रमण बढ्दै गएका सहरमा विद्यालय एक महिना बन्द गर्ने तयारी गरेको हो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।