२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीको रूपमा बास्तोला हाजिर

डडेल्धुरा। डडेल्धुरामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा बन्धुप्रसाद बास्तोला हाजिर भएका छन्। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त सरुवा भएपछि नयाँ सिडिओको रुपमा बास्तोला हाजिर भएका हुन्।

सहसचिव बास्तोला प्रशासन कार्यालयमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी भएर डडेल्धुरा आएका हुन्। गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव सिडिओ रहने डडेल्धुरामा सहसचिवको दरबन्दी कायम गरेपछि मन्त्रालयले सहसचिवलाई सिडिओको जिम्मेवारी दिएर यहाँ पठाएको हो।

साउन ९ को मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयबाट काज सुरुवा भई उनी यहाँ आएका हुन्। बास्तोला डडेल्धुरामा आउने दोस्रो सहसचिव सिडिओ हुन्। यसअघि पहिलो सहसचिव सिडिओको रुपमा आएका पन्तको ६ महिनामै सरुवा भएको छ ।

बुधबारबाट डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा बास्ताेलाले कार्यभार सम्हालेका हुन । उनले आफू यहाँ रहँदासम्म सञ्चारमैत्री बनेरै काम गर्ने प्रतिबद्धता जनाएका हुन । उनले पत्रकारलाई सत्य–तथ्य बुझेर कलम चलाउन समेत आग्रह गरे।

अन्य जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई पनि पत्रकारले मागेका दिन मिल्ने सूचना दिनको लागि आफूले पनि आग्रह गर्नेसमेत उनको भनाइ थियो। जिल्लास्थित पत्रकारले सूचना अधिकारीहरुले समयै सूचना माग गरे पनि नदिने गरेको भन्दै प्रजिअ बास्तोलाको ध्यानाकर्षण गराएका थिए।

साथै कार्यक्रममा प्रजिअ बास्तोलाले विपद् जोखिम व्यवस्थापनमा सरकारले अहिले नयाँ नीति बनाएको जानकारी गराएका छन्। सरकारले बाढी, पहिरो तथा प्राकृतिक प्राकोपले नागरिकको मृत्यु भए दुई लाख रुयैयाँ क्षतिपूर्ति दिने गरेको उनको भनाइ छ। विपद्बाट मृत्यु भए यसअघि सरकारले एक लाख दिने गरेको थियो।

प्रकोपका कारण घर पूर्णरूपमा क्षति भए भू–कम्पपीडित सहर ३ लाखका दरले घर निर्माणका लागि राहात उपलब्ध गराउने नीति ल्याएको उनले जानकारी दिए।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।