२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कृषि क्षेत्रको विकासका लागि वडाले कुनै कसर बाँकी राख्दैन : वडाध्यक्ष मोहन बहादुर बस्नेत

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर -१ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले कृषि क्षेत्रको विकासका लागि वडाबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर १ स्थित सुन्दरीफाँटाको चामुलाल चोकमा आयोजित सुन्दरीफाँटा आई एम पी कृषक पाठशालाको शनिबार समापन गर्दै उनले सो कुरा बताएका हुन् ।

समापन समारोहका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष बस्नेतले विगतका वर्षहरुमा कृषिका लागि वजेट छुट्याएको बताउदै उनले अझ पनि प्रक्रियागत ढंगले काम गरी देखाउने हेतुका साथ आए अपेक्षित वजेट छुट्याइने बताए ।यस्तै वडाध्य्क्ष बस्नेतले किसान हरुलाई जीवन उकास्ने वाली लगाउन आग्रह गरे ।

उनले भने “हामी परम्परागत भन्दा पनि आधुनिक प्रणालीमा जाऊ, हाम्रा बालबालिकाले पढ्न सक्ने किसिमले नयाँ प्रविधि सँगै जीवन माथि उठाउने, आर्थिक स्थिति बलियो बनाउने खेती लगाऊ” ।यस्तै वडाध्यक्ष बस्नेतले किसानहरुमा चेतनाको विकास कम भएको बताउदै चेतनाको स्तर बृद्धि गर्नुपर्नेमा जोड दिए ।

“सम्पूर्णले आ-आफ्नो क्षेत्रबाट काम गरेमा त्यो  वडा कै राम्रो काम हुन्छ, तपाईं हामी सबै काममा लागे आर्थिक सम्मुनत सम्भव छ”, वडाध्यक्ष बस्नेतले भने । यस्तै वडाध्यक्ष बस्नेतले सामूहिक रूपमा कृषि गर्न आग्रह गरे ।साथै खरिद बिक्री गर्ने ठाउँ नभएको भन्ने किसान को गुनासो भाषा मात्रै भएको पनि उनले बताए ।उनले भने “तपाईं वस्तु उत्पादन गर्नुस, त्यसको खरिद बिक्रीको काम वडाको भयो” । साथै वडाध्यक्ष वस्नेतले केही काखापखा सोच राख्ने मानिसका कारणले वडालाई डुवाई राखेको समेत बताए ।उनले भने,”पावर र पैसा भएकाले अनुदान पाएको र जो वास्तविक किसान हो,उसले नपाएकोमा दुःख लागेको छ” ।

यस्तै बस्नेतले पैसामुखी कार्यक्रम नगर्न आग्रह गरे । “पैसामुखी कार्यक्रम नगरौं, भत्ताका पछि नलागौ,त्यसले हामीलाई पछाडी पारेको छ”।साथै उनले कार्यक्रमलाई कार्यक्रममा मात्र सीमित नराखी व्यवहारमा लागू गर्न पनि आग्रह गरे ।उनले भने,”आज हामीले कृषक पाठशालाबाट धेरै सिक्यौं,अब यसलाई हामीले फिल्डमा गएर अक्षरस पालना गर्नुको विकल्प छैन,अरूलाई पनि सिकाउनुपर्छ,कृषितर्फ आकर्षित गराउनुपर्छ” ।

यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक तथा कार्यक्रमका अतिथी जनक वहादुर सिंहले सहभागीले ढुक्क हुनु भन्दा पनि सिकेका कुरा व्यवहारमा उतारे मात्र कार्यक्रमको औचित्य रहने बताए ।”सहभागीहरुले अब फिल्डमा सिकेको कुरा देखाउनुपर्छ,आजबाट कार्यक्रमको समापन होइन,सुरुवात भएको छ”,उनले भने ।

साथै प्राविधिक सहायक सिंहले रासायानिक मलको प्रयोग न्यूनीकरणमा कसरी अगाडि बढ्ने भन्ने तर्फ हामीहरूको ध्यान जानुपर्ने बताए । १६ हप्ता भित्र हामी सहभागीहरूको क्षमता विकास कति भयो भन्ने कुरा महत्वपूर्ण रहेको समेत बताए ।”किसानहरू आउनुस्, तपाईंसँग कृषि ज्ञान केन्द्र हातेमालो गर्न तयार छ । कृषि ऋणमा अनुदान छ ।कृषि बीमा ,विद्युत महसुल मा छुट छ खाली यसमा तपाईहरुको सक्रियता हुनुपर्यो”,उनले भने । यसैगरी अतिथिकै दीर्घाबाट बोल्दै कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लाल बहादुर धामीले मित्र जीवलाई संरक्षण र सत्रू जीवलाई रोकथाम गर्न हामी तल्लिन हुनु पर्ने बताए ।

यस्तै कृष्णपुर १ को कुमगडा मौरीको पकेटका लागि राम्रो हुने भन्दै यस तर्फ कृषि ज्ञान केन्द्रको ध्यान जानु पर्ने बताए ।कार्यक्रममा सहभागीका तर्फ बाट सुनिता चौधरी ले मन्तव्य राखेकी थिइन् । यसै गरी सुन्दरीफाँटा आई एम पी कृषक पाठशालाकी प्रशिक्षक निशा ऐरले स्वागत मन्तव्य राखेकी थिन् ।यस्तै प्रतिवेदन सहजकर्ता सिद्धराज अवस्थीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सुन्दरीफाँटा आई एम पी कृषक पाठशालाकी अध्यक्ष ललिता चौधरीले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्नुपर्ने बताइन् । कार्यक्रमको सञ्चालन राजेश भुलले गरेका थिए । कृषिमा आत्मनिर्भर बन्ने हेतुका साथ २० महिला र ५ पुरुष गरी २५ जनाले सुन्दरीफाँटा आई एम पी कृषक पाठशाला कार्यक्रममा सहभागिता जनाएका थिए ।कृषि ज्ञान केन्द्र कञ्चनपुरद्धारा आयोजित कार्यक्रममा कृषि सम्वन्धि विभिन्न कुराहरु सिकाइएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।