जनक महरा/कैलाली । कैलालीको चुरे गाँउपालीका–६ स्थित श्री भगवती माबी कोट ढुन्गानीमा कर्मचारी भर्नामा मनोमानी भएको खुलेको छ । २०७७ चैत्र २८ लेखापालको परिक्षा सम्पन्न भयो । परिक्षामा जम्मा ४ जना सहभागी मध्ये ३ जनाले अन्याय भएको बताएका छन ।



परिक्षाको केन्द्राध्यक्ष भएका बिधालयका अध्यक्ष भगिराम सारु मगरले परिक्षामा सार्न , मोबाईल प्रयोग गर्न नपाईने भए पनी केन्द्राध्यक्ष मगरले नै मोबाईल प्रयोग गरि हिसाब गर , सक्छौ भने कतैबाट सारेर लेख भनेको हुँदा मनोमानी भएको परिक्षामा सम्मेलित एक जनाले बनाएका हुन् ।
बुझ्दै जाँदा परिक्षाबाट छनोटमा परेको व्यक्ति विद्यालयका सह–प्रधानाध्यापकको छोरी भएको र उसलाई परिक्षामा मोबाईल प्रयोग गर्ने , किताबबाट सार्न मिल्ने भनी पहिले नै जानकारी भएको र उसले माज्जाले सा¥यो , हामी हेरेको हेरेई भ¥यो…! परिक्षामा सहभागी अन्य तिन जनाले बताए ।
तर सह–प्रधानाध्यापकले भने छोरीलाई लेखापाल पद छनोटमा मेरो कुनै हात नरहेको र झुटा आरोप लगाएको बताएका हुन् ।
विद्यालय व्यावस्थापन समितीका अध्यक्ष तथा परिक्षाका केन्द्राध्यक्ष भगिराम सारु मगरले मोबाईल परिक्षा हलमा लग्न दिएको र एक चोटी सबैलाई सार्न दिएको स्वृकार गरेका छन् । उनले भने,” मनोमानीको कुरा भने गलत हो, केही कमी कम्जोरी म बाट भएकै हो ।
युवाहरुले भने परिक्षामा सार्न दिनु , बैठकमा बोलाउदा नआउनु तथा जे सक्छौ गर भन्ने शब्दले यसमा विद्यालय व्यावस्थापन समितीका अध्यक्षको मलेमतोमा छनोट प्रक्रियामा होडबाजी गरेको हुन् सक्ने भन्दै आरोप लगाएका छन् ।
परिक्षा मर्यादीत भएन् फेरी गर्नुपर्ने भन्दै स्थानिय चुरे क्लबका युवा सचीव गणेश नाथ योगिले बताए । परिक्षा जस्तो कुरामा मनपरि भयो , गलती स्वृकार गरेर पुनः परिक्षा नगरे आफु आन्दोलन गर्न पछी नगर्ने स्थानिय युवाले आक्रोस व्यक्त गरेका हुन् ।
त्यसरी कर्मचारी भर्ना गरिएको विषयमा विद्यालयका प्रधानाध्यापक भक्त ब. ऐरी सँग प्रतिक्रिया माग्दा उनले विद्यालयले कर्मचारी भर्नाको बिषयमा आफ्नोलाई नभई राम्रो र उष्कृटलाई छनोट गरेको बताए ।
“विद्यालयको अन्य कार्यक्रम रहेको हुँदा सूचना प्रकाशन गर्न पर्याप्त समय थिएन त्यसकारण समितीको बैठक अनुसार नै परिक्षा गरेको तथा अलि हतारमा परिक्षा गरिएको हो ।’
“ उनले भने ,“ अलि हतार भए पनी कुनै मनोमानी नभएको हुँदा विद्यालय माथी झुटा आरोप लगाएको तथा विद्यालय व्यावस्थापन समिती, शिक्षक ,स्थानीय तथा परिक्षार्थीको बैठक बोलाएर छिट्टै समाधान गर्ने बताएका छन” ।

























