२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

गौरीफन्टा नाका हुदैँ सुदूरपश्चिम भित्रिएका ४३ जनामा देखियो कोरोना

धनगढी । सोमबार भारतको गौरीफन्टा नाकाबाट नेपाल आएकाहरुको परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार साँझसम्म ६ सय ६ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

गौरीफण्टा नाकामा राखिएको हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाका अनुसार सोमबार साँझ सम्म ६ सय ६ जना नेपाली स्वेदश फर्किएका छन् । ‘सीमानाकामा ६ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो,’ ठकुल्लाले भने, ‘दैनिक एक हजार नेपाली अहिले गौरीफन्टा नाका भएर स्वदेश फर्किरहेका छन् । आइतबार मात्रै ५४ जनामा एन्टिजेन परीक्षणमा कोरोना देखिएको थियो ।’

एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप–महानगरपालिकाले वडा नम्वर १५ को कनरीमा बनाएको आइसोलेसनमा राख्दै आएको ठकुल्लाले जानकारी दिए । उक्त आइसोलेसन भरीभराउ भएपछि धनगढीको कवर्डहलमा राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।