२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

सुदूरपश्‍चिमका पूर्वअर्थमन्त्री बोहरालाई कारबाही गर्न सिफारिस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई कारबाही गर्न सिफारिस गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पूर्वमन्त्री बोहरालाई कारबाहीका लागि सिफारिस गरेको हो ।

उनले पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीका लागि सिफारिस गरिएको माओवादीका प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले जानकारी दिए ।

‘प्रदेश कमिटीले चैत २५ गते स्पष्टीकरण सोधेको थियो,’ उनले भने, ‘उनको कुनै जवाफ नआएपछि उनलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारबाहीको लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको हो ।’ उनका अनुसार बोहरालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने गरी कारवाही गर्न सिफारिस गरिएको हो ।

कारबाही स्वीकृत भएपछि उनको प्रदेश सभा सदस्य पद गुम्ने छ । बोहरा माओवादी केन्द्रबाट अछाम निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि बोहराले गत पुस २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।